Logo

चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे रबि लामिछानेको चासो

रबि लामिछानेले खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुभएको छ । सभापति लामिछाने ले आज बिहान करिब २ घण्टा अगाडी आफनो फेसबुकमा यस्तो लेखेका छन्।

प्रिय चन्द्र भन्डारी दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्द्छु। तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यु लाई पनि विनम्र अनुरोध गरेको छु। सिङ्गो पार्टी समेत तपाईंको शिघ्र स्वस्थलाभको कामना गर्दछ।

आमा छोरा दुवै जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो भने आमाको भने उपचारको क्रममा किर्तिपुर अस्पताल करिब १०;४५ बजे निधन भयको छ । सांसद भण्डारी र उहाँको आमाको उपचारमा कमी हुन नदिन सभापति लामिछानेले प्रधानमन्त्री लाई पनि विनम्र अनुरोध गरेका छन उहाँको आमाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । यता अस्पतालले दुवै जनाको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ । सांसद भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सिफारिस गर्नुभएको छ । बुद्धनगरस्थित निवासमा बुधवार राति ग्याँस सिलिन्डर विस्फोट हुँदा उहाँहरू जलेर घाइते हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्