Logo

“बहाव” फिल्मको टिकटमा थाइल्यान्ड को प्याकेज टुरको पुरस्कार

अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा यस् फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन | चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कार हरु दिएर प्रचार गर्ने चलन बढ्दो छ | यस्तै “बहाव” सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्ड को प्याकेज टुरको पुरस्कार राखेका छन | केही दिन अगाडी चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो |

पुरस्कार जित्न योग्य हुनका निम्ति बहाब चलचित्र को टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ | खल्ती एप प्रयोगकर्ता को एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ | नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ |

खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली ब्यक्तीले एम डि होलिडेज को तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन | साथै खल्ती एपबाट टिकेट काट्दा Promocode : BAHAAB प्रयोग गरेर १०% सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने छन | सिनेमा प्रमोशन मा जोडिन पाएकोमा फिल्म बहाब को टिम लाई धन्यवाद दिदै बिजेतालाई उत्कृस्ट सेवा प्रदान गर्न आफुहरु उत्सुक रहेको एम डि होलिडेजकि प्रमुख प्रतिनिधि बिनिता त्वयना ले बताउनु भयो । यस पुरस्कार सँग जोडीएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै,” खल्तीले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खक्ती एप मार्फत फिल्म हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठुलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिइन |

खल्ती एक नेपालको उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो । यसले विभिन्न बिल भुक्तानीहरू, मोबाइल रिचार्जहरू, मनी ट्रान्सफरहरू, घरेलु रेमिटेन्स, किनमेल, चलचित्र टिकट आदिको लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी माध्यम प्रदान गर्दछ भने एम डि ट्राभल्स बिगत ६ वर्ष देखि ट्राभल प्याकेजहरु उपलब्ध गरिरहेको एक IATA लाइसेन्स प्राप्त संस्था हो जसका प्रबन्ध निर्देशक लिला बहादुर लामा हुन |

दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात , पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रमोशनको लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिंग हेड सुदिप दवाडीको दाबी छ |

बिजेता छनोट भने फिल्म प्रदर्शन सकिएको २ हप्ता पछि खल्ती को अफिसियल पेज मार्फत लक्की ड्र गरिनेछ | सो प्याकेज प्राप्त गर्नको लागी निम्नअनुसार नियम र सर्तहरु पालना गर्नुपर्ने छ |


नियम र शर्तहरू:
* विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
* टूर प्याकेज घोषणा को मिति देखि ३ महिना भित्र सम्म मात्र मान्य हुनेछ |
* यो प्याकेज अरुलाई दिन योग्य हुने छैन |

* विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ |
* थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयमको हुनेछ |
* भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र बिजेता स्वयम् ले बेहोर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्