Logo

देबिका बन्दनाको दोस्रो हिन्दी गीत ‘अब दिल जरा जरा’ सार्वजनिक…(भिडियो सहित)

काठमाडौ । पुरानी सदाबहार गायिका देबिका बन्दनाको दोस्रो हिन्दी गीत ‘अब दिल जरा जरा ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गित सार्वजनिक गरिएको हो ।

बन्दनाको गीतलाई भारतको चर्चित म्युजिक कम्पनी भेन्युसले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।गितमा शब्द, संगीत युग भुसालको रहेको छ, भने गीतमा देबिका बन्दनाको दमदार आवज रहेको छ । गीतलाई निरज सिहले रेकर्ड गरेका हुन । म्युजिक भिडियोमा नेपालका चर्चित नायक अनुप बिक्रम शाही, भारतीय मोडल पारुल गुलाटिको उत्कृष्ट एवं दमदार अभिनय संगै नेपालका चर्चित फोटोग्राफर राज भाइ सुवाललाई पनि देख्न सकिन्छ ।

युग भुसालले नै उत्पादन गरेको म्युजिक भिडियोलाई बिजेश पौडेल निर्देशनका संगै मिक्सिङ्ग एवं रङ्ग भरेका हुन ।भिडियोमा कोरियोग्राफी निशिल शाक्यको रहेको छ भने भिडियोका सिनेमटोग्राफर प्रमोद कार्की हुन । भिडियोलाई सह निर्देशन धुर्व अधिकारी गरेका छन् । दोस्रो गीतलाई लिएर गायिका देविका बन्दना धेरै नै उत्साहित भएकी छिन् । एक पटक गीतको भिडियो हेरेर, गितलाई सुनेर कस्तो भएको छरु भनी सकारात्मक वा नकारात्मक जस्तो भएपनि प्रतिक्रिया दिन बन्दनाले सामाजिक संजाल मार्फत आग्रह गरेकी छिन् ।

यस अघि गायिका बन्दनाले कुनाल गाजावाला संग गाएको बस तेरो बोलको गीत चर्चित भएको थियोे । बन्दनाको यो गीतलाई आम गित संगीत प्रेमीहरुले कस्तो मान्ने हुन्, त्यो केहि समयपछि थाहा हुने नै छ । हाम्रो मिडिया हाउसको तर्फबाट गायिका बन्दनालाई सफलताको अग्रिम शुभकामना भन्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्