Logo

जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक खड्काद्धारा राजिनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले पदबाट राजिनामा दिएका छन् । उनले विहिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरीे राजिनामाको घोषणा गरेका हुन् ।

कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सरकारले ९ महिना अघि पदमुक्त गरेर मन्त्रालयमा तानेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै खड्काले आफ्नो कार्यकाल अव ६ महिना मात्र भएकाले पदमा बस्नुको औचित्य नरहेको उल्लेख गरे ।

उनले भने ‘मलाई अनियमितताको आरोप लगाएर नौ महिनासम्म निलम्बन गरियो नौ महिनामा बच्चा त जन्मिन्छ’ । म कामविहन भएर बसें । अबको ६ महिनामा मैले के काम गर्ने ?’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्