Logo

पुजा शर्मालाई नचाएपछि देश देखि विदेश सम्म सनिशको डिमाण्ड, बिजेता रामले कार बारे पोखे गुनासो…(हेर्नुहोस् भिडियो)

‘ब्लू बर्ड इन्टरनेशनल इभेन्ट प्रलि’ले ‘दि भ्वाइस अफ नेपाल सिजन २’ का प्रतियोगीहरुलाई लिएर विश्वव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । ‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुर्याउने उद्देश्य सहित यो संस्थाले सांगीतिक यात्रा आयोजना गर्न लागेको हो ।

मार्च ६ तारिखबाट सुरु हुने यो कार्यक्रमका लागि ‘दि भ्वाइसका विजेता राम लिम्बुको साथमा सनिष श्रेष्ठ, आरिफ राउफ, यांकी याल्मो, अन्जु रानामगर लगायत विश्वव्यापी कार्यक्रममा निस्किने छन् । मार्च ६ तारिखमा बेलायतबाट सुरु हुने कार्यक्रम मार्च २३ तारिखसम्म बेलायतका विभिन्नि ९ शहरमा हुनेछ । बेलायत कार्यक्रममा आरिफ छुट्नेछन् ।

बेलायत सकिए लगत्तैं टिम युरोप पुग्नेछ । मार्च २७ देखि अप्रिल १९ सम्म युरोपका विभिन्न शहरहरुमा कार्यक्रम हुनेछ । युरोप यात्रामा भने अन्जु राना मगर छुट्नेछिन् । अप्रिलको तेस्रो साता नै इजरायलको एक कार्यक्रममा पनि ‘दि भ्वाइस’का ४ प्रतियोगीहरु पुग्नेछन् । इजरायलमा हुने कार्यक्रममा पनि अन्जु छुट्नेछिन् । पुजा शर्मालाई नचाएपछि देश देखि विदेश सम्म सनिशको डिमाण्ड, बिजेता रामले कार बारे पोखे गुनासो…हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्