Logo

बलात्कार प्रयास मुद्दामा सफाइ पाएपछि महरालाई डिल्लीबजार कारागारतर्फ लगियो (भिडियो सहित)

जिल्ला अदालत काठमाडौंबाट निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ । पुर्पक्षका लागि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो ।

महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो । उनलाई नेकपा कार्यकर्ताहरुले डिल्लीबजार कारागार बाहिर स्वागतको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्