Logo

अचम्मै भयो : पाल्पामा फेला पर्यो अनौठो गुफा,भित्र छन् मन्दिर, शङ्ख, शिवलिङ्ग ! ॐ लेखि शेयर गर्नुहोला

गत वर्ष पाल्पाको रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा फेला परेको अनौठो गुफाको प्रचार गरी भ्रमण वर्षमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता छ । स्थानीयले बाहिरी भागमा सानो दुलो देखेपछि खोज गर्ने क्रममा उक्त गुफा पत्ता लागेको स्थानीय दिनेश कुमालले बताउनुभयो। विसं २०७५ को वैशाखमा स्थानीयवासीले फेला पारेको गुफाभित्र, मन्दिर, शङ्ख, शिवलिङ्ग, हात्तीको चित्र, भगवानका विभिन्न आकृति, पानीका धारा, पानी पोखरी लगायतका आकृति देख्न सकिन्छ ।

भगवान् रामसँग जोडिएको रामघाट, रामचेबन, रानीवन, सीताकुण्ड, रानीवासलगायतका ठाउँको नामाकरण गरिएको छ । भगवान्ले स्नान गरेका, पानी बाण हानेर निकालेका, खाना पकाएका चुलो, मन्दिरलगायतका स्थानले पनि रामपुर क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । प्रशस्तै चमेरा भेटन सकिने गुफाको संरक्षण संवद्र्धन गरी यसको प्रचार गरेमा थुप्रै पर्यटक भित्र्याउन सकिने आधार छ ।

खुला राख्दा गुफाभित्रका आकृति चोरी हुने र गुफाको अस्तित्व हराउने डरले गुफा बन्द गरेर राखिएको सामुदायिक रानीवन तथा बडबान वन उपभोक्ता समितिका सचिव हमिदअलि मियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्