Logo

वीर अस्पतालमा मृत्यु भएकी युवतीमा पनि कोरोना नभएको पुष्टि !

वीर अस्पतालमा उपचारका क्रममा सोमबार ज्यान गुमाएकी काठमाण्डौको चन्द्रागिरी नगरपालिकाकी एक युवतीमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ। अस्पतालका निर्देशन डा केदार सेन्चुरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा ती युवतीमा कोरोनाको नतिजा नेगेटिभ आएको बताए। ती युवतीलाई सोमबार नै बेहोसी अवस्थामा उपचारका लागि वीर अस्पाल पुर्याइएको थियो। त्यहीँ उनको उपचारका क्रममा ज्यान गुएको छ।

ती युवती गत साता भारतबाट नेपाल आएकी थिइन्। अस्पतालमा ल्याउँदा उनको अवस्था उच्च ज्वरोका कारण जटिल बनेको थियो। सास फेर्नसमेत गाह्रो भएपछि उनलाई आकस्मिक उपचरा गरे पनि बचाउन नसकिएको सेन्चुरीले बताए।

 

प्रतिक्रिया दिनुहोस्