Logo

पाटन अस्पतालमा मृत्यु भएका युवकलाई कोरोना नभएको पुष्टि !

ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएका धादिङ खनियाँपानीका ३५ वर्षीय युवकको कोरोना संक्रमण नभएको पुष्टि भएको छ। कोरोना आशंकामा अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको ती युवकको सोमबार मृत्यु भएको थियो। उनी चैत १४ गते भारतबाट नेपाल फर्किएका थिए।

अत्यधिक ज्वरो आएका ती युवकलाई नेपाल आएको भोलिपल्टै अस्पताल भर्ना गरिएको थियो। पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले ती युवकको कोरोना नतिजा नेगेटिभ आएको बताए। ती युवकको स्वाब परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो। ती युवा बाहेक पाटन अस्पतालमा कोरोना आशंका गरिएका अन्य ३ बिरामीको समेत आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्