Logo

पाथिभरा माताले सबैको रक्षा गरुन ! चैत्र १९ गते बुधबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही बाध्यता पूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । मनग्य धन आर्जन हुने समय छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर, अरूका काममा समय खर्चनुपर्ला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
खर्च लागेपनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

मकर ( जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो )
मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाई टाढिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्