Logo

सनसिटीका आमाछोरामा देखिएको कोरोना संक्रमण आयातीत !

पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमाछोरामा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण आयातित भएको निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।यो परिवार तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएको थियो । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा आमाछोरामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुहारीमा संक्रमण देखिएन ।

यससँगै आमाछोरामा देखिएको कोरोना संक्रमित आयातित भएको निष्कर्ष निकालिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्