Logo

यी हुन् कोरना बिरुद्द ज्यानको बाजी राखेर अमेरिकाको ‘फ्रन्टलाइन’मा खटिएकी नेपाली नर्स !

अमेरिकाको सियाटलमा पहिलोपटक कोरोना भाइरस कोभिड १९ का बिरामी फेला परेका थिए। कोभिडबाट सबैभन्दा बढीको मृत्यु हुने देशमा अमेरिका नै पहिलो नम्बरमा छ। विश्व स्वास्थ्य संगठनका अनुसारका हाल अमेरिकामा कोभिडबाट ज्यान गुमाउनेको संख्या साढे २६ हजार नाघिसकेको छ। सं’क्रमितको संख्या ६ लाख नाघिसकेको छ।विश्वभर कोभिड १९ का बिरामीको उपचारमा ज्यानको बाजी थापेर स्वास्थ्यकर्मीहरु अहोरात्र खटिइरहेका छन्। अमेरिकाको युनिभर्सिटी अफ वासिङ्टन हार्बरभ्यु मेडिकल सेन्टरमा कार्यरत ‘नर्स प्राक्टिसनर’ हुन् शिखा भारती। कोभिड-१९ का संक्रमितको उपचारमा ‘फ्रन्टलाइन’मा खटिएकी शिखाको घर झापाको बिर्तामोड हो ।

शिखाले सेयर गरेको अनुभवको केहि भाग यस्तो छ । कालिपोङको सेन्ट जोसेफ कन्भेन्ट स्कुलको पढाइ सकेर मैले अमेरिकाबाट ब्याचलर अफ साइन्स इन नर्सिङमा अध्ययन सकाएँ। सन् २०१४ देखि २०१६ सम्म अंकोलोजी नर्सको रुपमा काम गरेँ। त्यसपछि अफ्रिकाको केन्यामा भोलिन्टियर बनेँ।

त्यसबेला म ए’चआईभी सं’क्रमित बालबालिका तथा महिलाको रेखदेखमा खटिएकी थिएँ। मैले अमेरिकाको कार्सोन न्युमेन युनिभर्सिटीबाट फ्यामिली मेडिसिनमा मास्टर्स गरेकी छु। मास्टर्स सिध्याएपछि पछिल्लो वर्ष अमेरिकामा मेडिसिन अभ्यास गर्ने लाइसेन्स प्राप्त गरेको हो। गएको मार्च २ देखि युनिभर्सिटी अफ वासिङ्टन हार्बरभ्यु मेडिकल सेन्टरमा कायर्रत छु।

काम थाल्नेबित्तिकै कोभिडका बिरामीको उपचारमा खटिएकी छु। म यहाँ पोस्ट एक्युट मेडिसिन टिममा इन्‍टरनल मेडिसिन प्रोभाइडरका रुपमा कार्यरत छु। फ्रन्टलाइनमा बसेर कोभिडका बिरामीको उपचारमा काम गर्ने हामी उच्च जोखिममा नै हुन्छौं। डर र चिन्ता त अवश्य लाग्छ। किनकि विश्वभर महामारी फैलिएको छ। हरेक दिन काममा जानुपर्ने हुन्छ।

कहिले सं’क्रमितको घेरामा पर्न सक्ने हो टुंगो हुँदैन। तर मैले यसलाई अवसरको रुपमा पनि लिएकी छु। सुरुको केही साता त चिन्ताको बीच पनि काम गर्दा हामी निकै उत्सुक पनि थियौं। अहिले हामीले आफ्नो ड्युटी राम्ररी निभाएका छौं। सौभाग्यवश हामी त्यस्तो जोखिममा परेका छैनौं। हरेक दिन ड्युटीमा जाँदा आज के होला, कति नयाँ केस आउलान् भनेर सोच्छु। आफू र आफ्नो टिमको सदस्यलाई कसरी सुरक्षित राख्ने होला भन्ने लागिरहन्छ। आफूलाई कसरी जोखिमरहित बनाउनेमा ध्यान पुर्‍याइरहेकी हुन्छु।ताजासमाचरमा छापिएको छ |

प्रतिक्रिया दिनुहोस्