Logo

अब अमेरिका छिटै खुल्नेछ : डोनाल्ड ट्रम्प !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार गरिसकेको बताएका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि पुनः खुलाउन थाल्ने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उनले राज्यहरु खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग छलफल भइरहेको जनाएका छन् । छलफल टुंगिएपछि बिहीबार यसबारे घोषणा हुने उनको भनाइ छ । ‘हामी फेरि फर्किन चाहन्छौं,’ उनले भनेका छन्, ‘हामी चाहन्छौं कि हाम्रो देश फेरि फर्कियोस् ।’

अमेरिकामा अहिलेसम्म ६ लाख ३५ हजार जनामा कोरोना भाइरस संक्रमण भइसकेको छ भने २८ हजारभन्दा धेरैको मृत्यु भएको छ । ‘यो तथ्यांकले देशब्यापी रुपमा हामी उत्कर्षमा पुगेको संकेत दिन्छ’ ट्रम्पले भनेका छन् । ट्रम्पले ३३ लाख जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको जानकारी गराएका छन् । ‘यसले हामीलाई अमेरिका फेरि खुला गर्ने रणनीति बनाउन बलियो अवस्थामा पुर्‍‍याएको छ,’ उनले भनेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालयले आउँदो मे महिनाको एक तारेखबाट अमेरिका खुला गर्ने विषयमा तयारी गरिरहेको छ । तर ट्रम्पले कुनै कुनै राज्य त्यसअघि नै खुला गर्न सकिने बताएका छन् । ‘मलाई लाग्छ, त्यो समय धेरै उत्साहजनक हुनेछ,’ उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्