Logo

टिचिङ अस्पतालका आवासीय डाक्टर भन्छन्– ड्युटी सकेर फर्किँदा प्रहरीले कुटे…..(भिडियो सहित)

ड्युटी सकेर निवासमा फर्किँदै गर्दा प्रहरीले हातपात गरेको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुले विरोध गरेका छन् । आवासीय चिकित्सकहरुका अनुसार कान्ति बाल अस्पतालको पछाडिपट्टी आरालोमा प्रहरीहरुले तीन जना चिकित्सकलाई हातपात र लाठीचार्ज गरेका छन् ।

मेडिसिन डिपार्टमेन्टमा कार्यरत चिकित्सकहरुलाई प्रहरीले दुर्व्यवहार गरेको नेशनल रेसिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. अनुप सुवेदीले बताए । परिचयपत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदासमेत दुर्व्यवहार गर्ने प्रहरीलाई छानबिनको दायरामा ल्याउन र कारबाही प्रक्रिया अगाडि बढाउन एसोसिएसनले माग गरेको छ ।
अन्यथा कडा कदम चाल्न बाध्य हुने एसोसिएसनले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्