Logo

घरबाट ननिस्कनु भन्दै आमासंग खेत खन्दै अभिनेता आर्यन सिग्देल !

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि लामो समयदेखि काठमाडौंमा बस्दै आएका अभिनेता आर्यन सिग्देल श्रीमती र काखे छोरासहित लकडाउनपछि थानकोट फर्किएका छन् । त्यहाँ उनको आमा-बुबा बस्ने गर्दछन् । उनी अब स्थिति सामान्य भएपछि मात्र काठमाडौं फर्किने सोचमा छन् । लकडाउनको समय उनले खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् ।

 

गत वर्ष ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ चलचित्रमार्फत् दर्शकसँग साक्षात्कार गरेका उनले बिहीवार आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर साझेदार गरेका छन् । उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको देख्न सकिन्छ । छेवैमा उनकी आमा छिन् । अभिनेता आर्यनले खेतमा काम गर्दै गरेको तस्विरलाई उनका प्रशंसकले प्रेरणादायक भनेका छन् ।तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

 

.

प्रतिक्रिया दिनुहोस्