Logo

गृहको परिपत्र : गाउँ जाने खोज्नेहरुलाई बसोबास भएकै जिल्लामा रोक्नू

पैदल हिँडेर गाउँ फर्किने क्रम नरोकिएपछि गृह मन्त्रालयले मानिसहरू बसोबास रहेको जिल्लाबाट बाहिर जान नदिन परिपत्र गरेको छ ।मन्त्रालयले सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गरेको परिपत्रमा यसरी हिँड्न खोज्नेहरूलाई बसोबास रहेको जिल्लामा नै रोक्न निर्देशन दिएको हो ।

‘जो जहाँ छन्, त्यही बस्ने । एउटा जिल्लाबाट अर्कोमा नजाने सरकारको निर्णय नै छ’ मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, मानिसहरु प्रहरीलाई छलेर पनि हिँडिरहेका छन् ।बीच बाटोमा पुगेपछि फर्काउन पनि अप्ठ्यारो हुने भएपछि ओरिजिन जिल्लाबाटै बाहिर आउन नदिन परिपत्र गरिएको हो ।’

बीच बाटोमा पुगेकाहरुको हकमा भने लैजाने जिल्लासँग समन्वय गर्न भनिएको छ । जिल्लाले स्थानीय तहसँग समन्वय गरेर १४ दिनमा क्वारेन्टाइनमा राख्ने गरी लैजान सक्ने गृहका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्