Logo

बुधबार थप ३ जनामा कोरोना पोजेटिभ, ४० हजार बढीको कोरोना परीक्षण गर्दा ४५ जना संक्रमित……(भिडियो सहित)

कोरोना संक्रमणको आशंकामा अहिलेसम्म स्वाव नमुना संकलन पीसीआर र (यापिड डाइग्नोष्टिक विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ। पीसीआर र (यापिड डाइग्नोष्टिक आरडिटी विधिबाट गरी ४० हजार ४ सय ३१ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पीसीआर विधिबाट ९ हजार ११ र आरडिटी विधिबाट ३१ हजार ४ सय ३० नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण भइरहेको छ। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ३ हजार ९७, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २५ र बाग्मती प्रदेशमा ५ हजार ९ सय १५ परीक्षण भएका छन्। यसैगरी गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश नम्बर ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ वटा परीक्षण भएका छन्। देशभरी ८हजार ५ सय ९५ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ३ र उपत्यका बाहिर ९२ जनासहित देशभरी ९५ जना आइसोलेसनमा रहेका छन्। बुधबार थप ३ जनामा कोरोना सं क्रम ण पोजेटिभ देखिएको छ। योसँगै नेपालमा कोरोना सं क्र मित को संख्या ४५ पुगेको छ।

गएको चौबीस घण्टामा को रोना भा इ रस को आशंकामा ३४ सयको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय ले आज गरेको प्रेस बिफ्रिङमा प्रवक्ता डा. विकास देवकोटाले गएको चौबीस घण्टामा तीन हजार ४ सय ३६ नयाँ परीक्षण गरिएको बताए । त्यसैगरी, सातै प्रदेशमा आठ हजार ५९५ क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ । आज देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा ९५ जना छन् । जसमा काठमाडौ उपत्यककामा ३ जना र उपत्यकाबाहिर ९२ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

मन्त्रालयले जारी गरेको हाम्रो स्वास्थ्य मोबाइल एपमा गत चौबीस घण्टामा रेड जोनमा दुईजना परेका छन् । हालसम्म रेड जोनमा पर्ने संख्या २६९ पुगेको छ । भारत सरकारले विभिन्न १८ प्रकारका २३ टन औषधि विभिन्न चरण दिने मन्त्रालयले जनाएको छ । त्यसमध्ये पहिलो चरणमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आजै हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्