Logo

खुशीको खबर: भारतमा कोरोना संक्रमित एकै परिवारका ८ जना नेपाली सदस्यलाई स्वास्थ्य लाभ

काठमाडौं – भारतमा कोरोना भाइरसबाट संक्रमित नेपाली परिवारका आठ सदस्यहरु उपचारपछि निको भएका छन् । अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीबीसी न्युज नेपालीका अनुसार घर मुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु झण्डै साढे तीन साताको अस्पताल बसाइँपछि उनीहरु मुम्बईस्थित घरमा फर्किएर आराम गरिरहेका छन् । स्वास्थ्य लाभ गरेपछि उनीहरुले अर्को जीवन पाएको बताएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्