Logo

थप १३ जनामा कोरोना संक्रमण, १८११ पुगे संक्रमित : स्वास्थ्य मन्त्रालय !

सोमबार थप १३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

उनका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १८११ पुगेको छ। सोमबार साँझ मन्त्रालयले गराएको अपडेटको  विवरण अनुसार नवलपरासीमा एक, पाल्पामा दुई, कपिलवस्तु ७, रुपन्देहीमा दुई र गुल्मी एक जनासमेत गरी १३ जनामा संक्रमण देखिएको हो। हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन्।  नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्