Logo

चाँगुनारायणकी गर्भवतीमा कोरोना संक्रमण

भक्तपुरको चाँगुनारायण नगरपालिकाकी कोराना भाइरस (कोभिड–१९) संक्रमित गर्भवती रहेको खुलेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा चाँगुनारायण नगरपालिकाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो ।संक्रमित महिला वडा नं ३ की स्थायी बासिन्दा रहेको नगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष वडाध्यक्ष श्यामसुन्दर धिमालका अनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज आउजाउ गर्ने गर्थिन् । पछिल्लो पटक वैशाख २२, जेठ ५, ६ र १६ गते अस्पताल गएकी थिइन् ।चिकित्सकहरुले प्रसूतिका लागि असार १९ गतेको लागि समय दिएकाले १६ गते कोभिड परीक्षणका लागि स्बाव दिइएको थियो ।उनको कुनै ट्राभल हिस्ट्री छैन । त्यसैले अस्पताल आउजाउ गर्ने क्रममा कोरोना संक्रमण भएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्