Logo

भर्खरै आयो मनिषा कोइराला र परिवारको कोरोना रिपोर्ट…….(भिडियो सहित)

भारतबाट नेपाल आएकी अभिनेत्री मनिषा कोइराला र उनको परिवार अहिले सेल्फ क्वारेन्टाइनमा बस्दै आएका छन् । केही दिन अगाडि मात्रै रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल फर्किएकाले मनिषा र उनको परिवारको कोरोना परिक्षण गरिएको थियो । परिक्षणको नतिजा पनि आइसकेको छ । जसमा मनिषा र उनको परिवार सबैमा कोरोना नेगेटिभ आएको छ ।

आफ्नो र परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको कोइरालाले विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् । उनै मनिषा नेपालले सार्वजनिक गरेको नयाँ नक्साको विषयमा बोल्दा विवादित बनेकी थिइन् । मनिषाले नेपालको पक्ष लिएको भन्दै भारतिय मिडियाले मनिषालाई निकै तुच्छ गाली गरेका थिए । सोही कारण पनि मनिषा नेपाल फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्