Logo

लकडाउन खुकुलो बनाउने मोडालिटी अझै टुंगिएन

काठमाडौं । लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ । तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो तरकोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर पर्सि फेरि छलफल गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए बैैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि कार्ययोजनामाथि छलफल जारी रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्