Logo

भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि सर्लाहीमा झडप, एक जनाको मृत्यु……(भिडियो सहित)

सर्लाहीको भारतिय सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई नेपाल प्रवेशमा रोक्न खोज्दा शुरक्षाकर्मीवीच झडप भएको हो ।

झडपका क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलिसकेको छैन । पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्