Logo

स्थगित गरियो लघुवित्त वित्तीय संस्थाको सञ्चालन अनुमति

‘घ’ वर्गका वित्तीय संस्था अर्थात लघुवित्त वित्तीय संस्थाको सञ्चालन अनुमति पत्र स्थगन गरिएको छ ।
सोमबार गभर्नर महाप्रसाद अधिकारीले पाइपलाइनमा रहेकाको समेत लाइसेन्स नदिने भनी संघीय संसदको अर्थ समितिलाई जानकारी गराएका हुन् ।लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले लाइसेन्स दिने र सञ्चालनमा आएसँगै फेरि मर्जरमा जान दबाब दिने गरेको भन्दै आलोचना हुने गरेको थियो । हाल एक दर्जन लघुवित्त वित्तीय संस्था लाइसेन्सको पर्खाइमा थिए ।

प्रतिक्रिया दिनुहोस्