Logo

रुसलाई मिल्यो ठुलो सफलता बनायो कोरोना को खोप आउदै छ छिट्टै !

अहिले बिस्व नै महामहरी मा छ कोरोना भाइरस कोभिड १९ को कारण धेरै को ज्यान गएको छ। र एसको भ्याक्सिन पत्ता लगाउन क्रम मा संसर नै जुटेको छ। यसै बीच मा रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस बिरुद्ध भ्याक्सिन पत्ता लगाएको छ। एजेन्सी । रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने आशा व्यक्त गरेका छन् ।

आइतबार मात्रै रुसको सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गामालेई इन्स्टिच्युट अफ इडिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्धारा विकसित कोभिड–१९ भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको थियो ।

गामालाई सेन्टरका निर्देशक अलेजेन्दर गिन्टस्वर्गले अगष्ट १२ देखि १४ सम्ममा यो भ्याक्सिन सर्वसाधारणमा वितरण हुन थाल्ने र निजी कम्पनीहरुले सेप्टेम्बरदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । सेचेनोभ विश्वविद्यालय सेन्टर फर क्लिनिकल रिसर्च एन्ड मेडिकेशनका प्रमुख अनुसन्धानकर्ता इलिना सेमलाईयार्चुकले रुसी न्युज एन्जेन्सी तासलाई दिएको जानकारीअनुसार स्वयमं्सेवकमा भ्याक्सिनको क्लिनिकल परीक्षण पूरा भएको छ र अध्ययनको नतिजाले भ्याक्सिन प्रभावकारी भएको देखाउँछ ।

यो अनुसन्धान पूरा भएको छ र यसले भ्याक्सिन सुरक्षित छ भन्ने प्रमाणित गरेको छ,’ तासले सेमलाईयार्चुकलाई उदृत गर्दै लेखेको छ । यता विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) को प्रोटोकलअनुसार ठूलो परिमाणमा उत्पादनका लागि स्वीकृति पाउनुअघि भ्याक्सिनले तीन चरणको क्लिनिकल ट्रायल पूरा गर्नुगर्छ ।

काडब्ल्युएचओको सूचीमा रुसी भ्याक्सिनको अध्ययन पहिलो चरणका रुपमा सूचीकृत छ । र, अहिलेसम्म कुनै पनि भ्याक्सिनले तेस्रो चरणको परीक्षण सफल नभएसम्म ठूलो परिमाणमा प्रयोगका लागि स्वीकृति पाएका छैनन् । यदि, अन्तिम चरणमा भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएमात्रै यसको औद्योगिक उत्पादन सुरु हुन्छ । द मस्को टाइम्समा प्रकाशित रिपोर्टअनुसार यसै महिनाको सुरुवातमा सेमलाईर्याचुकले भनेकी थिइन् कि अध्ययनमा सहभागी भएका व्यक्तिमा इन्जेक्सनपछि टाउको दुख्ने, शरीरको तापक्रममा प्रभाव पार्नेलगायत लक्षण देखियो ।

तर यी सबै लक्षण २४ घण्टाभित्र ठिक भएको उनले बताएकी थिइनन् । जुलाई ३ मा प्रेस विज्ञप्तिमार्फत विश्वविद्यालयले जनाएको थियो कि यस भ्याक्सिनको प्रभावकारिताबारे बायोकेमिकल परीक्षणको आधारमा रुसी सरकारले निर्णय गर्नेछ । सेचेनोभ विश्वविद्यालयले जुलाई १५ र जुलाई २० मा दुई समूहका स्वयंम्सेवकलाई डिस्चार्ज गर्दैछ, उनीहरुलई यसअघि अन्य संक्रमणबाट जोगाउनका लागि २८ दिनसम्म आइशोलेसनमा राखिएको थियो ।

डिस्चार्ज गरिएका १८ देखि ६५ वर्ष उमेरका स्वयंम् सेवकहरुलाई ६ महिनासम्म निगरानी गरिने सेमोलाईयार्चुकले बताए । विश्वविद्यालयले १८ जुनमा १८ जना स्वयमंसेवकको समूहमा भ्याक्सिनको पहिलो चरणको परीक्षण गरेको थियो। त्यसैगरी २० सहभागी समावेश दोस्रो समूहलाई २३ जुनमा भ्याक्सिन दिइएको थियो ।
कोभिड–१९ भ्याक्सिन बनाउने दौडमा रहेका धेरै देशमध्ये रुस एक हो ।

यहाँ ५ लाख ६९ हजारभन्दा धेरै व्यक्तिमा संक्रमण देखिइसकेको छ । विश्वभर १ करोड २९ लाखभन्दा धेरै व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्