Logo

२ घण्टा ३० मिनेट लामो छलफलपछि बालुवाटारबाट बाहिरिए ‘प्रचण्ड’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।आइतबार साँझ झन्डै साढे दुई घन्टाको छलफलपछि प्रधानमन्त्री निवास बालुवाटारबाट अध्यक्ष प्रचण्ड बाहिरीएको स्रोतले बताएको छ । आजको दुई अध्यक्षबीचको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

आइतबारको छलफलमा दुवै अध्यक्षबीच के कुरा भयो भन्नेबारे बताइएको छैन ।

शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्तावमा प्रचण्ड पनि सकारात्मक देखिएका थिए । जसमा वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले विरोध गरेका थिए । प्रचण्डले आइतवार बिहान वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाललगायत पार्टीका प्रभावशाली नेताहरूसँग छलफल गरेका थिए ।

प्रचण्ड र नेपाल समूहले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओलीले भने तत्काल दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन् । दुवै पक्षको अडानकै कारण लामो समयदेखि नेकपा विवादको निष्कर्ष निस्कन सकेको छैन ।

जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पनि ६ गतेसम्मका लागि स्थगन गरिएको छ।

प्रचण्डको दुखेसो – ‘परिवन्दमा पारेर मलाई शीतल निवास पुर्‍याइयो’प्रचण्डले भने, ‘मंसिरमा अधिवेशन गर्न सम्भव छैन, अलमल्याउने प्रस्ताव मात्र हो’दुई अध्यक्षबीच सहमति भएको ओली पक्षको प्रचार, सहमति नभएको प्रचण्डका सचिवालयद्वारा खण्डनप्रचण्ड निवासमा नेपालसहित शिर्षनेताको बैठक, वामदेव र बादल गएनन्

प्रतिक्रिया दिनुहोस्