Logo

कोरोना भाइरस नेपाल: थप १३९ जना सङ्क्रमित,३ जनाको मृत्यु


देशभरिमा गत चौबीस घण्टामा थप १३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,७५२ पुगेको छ।अहिलेसम्म ४८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। पहिलो २४ घण्टामा ६२६ जना निको भएसँगै अहिलेसम्म १३,७५४ जना रोगमुक्त भएका छन्।नेपालमा कोरोनाभाइरस सङ्क्रमण केही दिनमै नियन्त्रण बाहिर जान सक्ने चेतावनी कोरोनाभाइरसका खोपबारे गलत र दिग्भ्रमित पार्ने दाबीहरू

कोभिड-१९ विरुद्ध लुकेको प्रतिरोध क्षमता भएका मानिस मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ४,९२० व्यक्ति देशभरि आइसोलेशनमा छन्। केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ। साउन ६ गते रातिदेखि लकडाउन खुलेको छ दिन अगाडि र छ दिन पछाडिको तुलना गर्दा परीक्षण गरिएकामध्ये सङ्क्रमित पाइनेको प्रतिशतमा खास फरक नआएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्