Logo

समाचार भ्रामक फैलाएको भन्दै गुगलले २५ सय युट्युब च्यानल डिलिट गर्‍यो !

सर्च इन्जिन गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल डिलिट गरेको छ । गुगलको अनुसार चीनसँग सम्बन्धित यी च्यानल भिडियो सेयरिङ प्लेटफर्म युट्युबमा भ्रामक समाचार फैलाउने कोसिसमा जुटेका थिए । गुगलले यी युट्युब च्यानललाई अप्रिलदेखि जूनको बीचमा आफ्नो प्लेटफर्मबाट हटाएको जानकारी दिएको छ ।

गुगलले त्रैमासिक बुलेटिनमा भ्रामक अपरेशनबारे चर्चा गर्दै यी युट्युब च्यानलले सामान्य रुपमा स्पाम र गैर राजनीतिक विषयवस्तु पोस्ट गर्ने भनेता पनि ती कन्टेन्टको एउटा सानो हिस्सा राजनीतिसँग जोडिएको हुने जानकारी दियो । गुगलका अनुसार यी युट्युब च्यानलले ट्वीटरमा पनि समान भ्रामक सूचना फैलाउने गर्दथे ।

यसबाहेक कम्पनीले डिलिट गरेको अन्य चिनियाँ युट्युब च्यानलबारे कुनै जानकारी दिएको छैन ।गुगलको ताजा कारवाहीको विषयमा अमेरिकामा चिनियाँ दूतावासले कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, यसअघि बेइजिङले भ्रामक समाचार फैलाएको आरोप अस्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्