Logo

२० महिने बालक प्रहरी हिरासतमा !

आमा र बुबाको गल्तीका कारण मोरङमा २० महिने बालक प्रहरी हिरासतमा पुगेका छन् ।आमा र बुबालाई बहुबिवाह मुद्दा परेपछि २० महिने बालक २ साउनयता जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत आमासँगै बसेका हुन् ।

उनीसँगै प्रहरी हवल्दार बाबु सञ्जयकुमार यादव र आमा अनिषा खवास हिरासतमा छन् ।ताप्लेजुङ थुम्बेदिनकी २३ वर्षीया अनिषा खवाससँग सञ्जयले बहुविवाह गरेपछि उनी जन्मिएका हुन् ।विराटनगर महानगरपालिका–१४ घर भएका ४० वर्षीय सञ्जयले ताप्लेजुङकै याम्फूदिन प्रहरी चौकीमा हवल्दार पदमा कार्यरत रहँदा अनिषासँग प्रेम विवाह गरेका थिए ।

विवाहको जानकारी घरमा थिएन । तर विवाहपछि सन्तान भएको जानकारी पाएपछि जेठी श्रीमती सरस्वतीले बहुबिवाहको उजुरी गरेपछि उनीहरु पक्राउ परेका हुन् । सञ्जय र सरस्वतीबीच २०६० साल वैशाख २९ गते मागी विवाह भएको थियो ।प्रहरीले सञ्जय र उनकी कान्छी पत्नी अनिषालाई साउन २ गते पक्राउ गरेर हिरासतमा राखेर बहुविवाह मुद्दामा म्याद थप गरेर अनुसन्धान गरेको छ ।

संरक्षणकर्ता नभएपछि बालक हिरासतमा बसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्