Logo

दुखद खबर:सिराहामा पोखरीमा डुबेर १ बालक को मृत्यु !

सिराहाको नरहा गाउँपालिका-५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर बिहीबार एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा नरहा गाउँपालिका-५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन् ।

पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएका बालक शर्मालाई स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याएका थिए ।त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्