Logo

राजधानीको चुच्चेपाटीमा एसिड आक्रमण, आमाछोरी घाइते !

राजधानीको चुच्चेपाटीमा दुई जनामाथि एसिड छ्यापिएको खबर छ । आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ । गत साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा  २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो । अर्को केटा मन पराएको रौतहटका मोहमद आलमको निर्देशनमा उनका कामदार भारतीय नागरिक मुन्ना मोहमदले एसिड हानेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्