Logo

हे भगवान: चुच्चेपाटीमा घर झगडा हुँदा श्रीमानद्वारा श्रीमती र छोरीमाथि थिनर प्रहार !

राजधानीको चाबहिल चुच्चेपाटीमा घर झगडा हुँदा श्रीमानले श्रीमती र छोरीलाई तारपिन तेल थिनर प्रहार गरेका छन् ।

राजन विष्टले बिवाद हुदा आफ्नै श्रीमती र छोरीलाई तारपिन तेल थिनर छ्यापिदिएका हुन् । राजन आफैले प्रहार गरेको बोतले टाउकोमा हिर्काएपछि घाईते भएको र उपचारकालागि अस्पताल लगिएको प्रहरीले बताएको छ ।

 

आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले तानपिन थिनर प्रहार गरेपछि घाइते श्रीमती र छोरीको तिलगंगामा उपचारका भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । अभियुक्तलाई उपचारपछि नियन्त्रणमा लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्