Logo

विश्वभर कोरोना भाइरस : संक्रमितको संख्या १ करोड ९२ लाख, ७ लाख १६ हजारको मृत्यु !

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ९२ लाख ३७ हजार ८८६ पुगेको छ । यस्तै कोरोनाबाट ७ लाख १६ हजार ५३० जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये एक करोड २३ लाख ४६ हजार ८९ जनाले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ६१ लाख ७५ हजार २६७ रहेको छ । तीमध्ये ६५ हजार १८७ जना गम्भीर बिरामी रहेका छन् ।

 

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ५० लाख ३२ हजार ४४ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ७८६ पुगेको छ । २५ लाख ७६ हजार ६६८ जना निको भएर घर फर्केका छन् भने १८ हजार २९६ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या २९ लाख १७ हजार ५६२ पुगेका छ भने मृत्यु हुनेको संख्या ९८ हजार ६४४ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्