Logo

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

पछिल्लो समय निरन्तर उकालो लागेको सुनको मूल्य बिहीबार (आज) पनि बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य ११ सयले बढेर प्रतितोला एक लाख २ हजार ५ सय पुगेको छ । यसअघि मंगलबारको तुलनामा बुधबार १६ सयले बढेर सुनको मूल्य तोलाको एक लाख नाघेको थियो ।

 

यसैगरि चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्