Logo

२ नम्बर प्रदेश को १ जान प्रहरी निलम्बित

प्रहरीको आचरणविरुद्ध काम गरेको भन्दै प्रदेश २ का एक जना प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परेका छन् ।प्रदेश सशस्त्र प्रहरी गण गुल्म नम्बर ३ जनकपुरधाम दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत असई सुरेश सहनी निलम्बनमा परेका हुन् ।

सहनीको व्यक्तिगत व्यवहार तथा आचरण नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध भएको यथेष्ट प्रमाण फेला परेपछि उनलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।आफूविरुद्धको सवुद प्रमाण नष्ट गर्न सक्ने सम्भावना देखिएकाले थप अनुसन्धधान गर्नका निम्ति उनलाई निलम्बन गरिएको सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्