Logo

दुखद खबर : क्वारेन्टिनमा १ युवतीले गरिन् आत्महत्या

काभ्रेमा एक २१ वर्षीया युवतीले क्वारेन्टिनमा आत्महत्या गरेकी छन् । बेथानचोक गाउँपालिका वडा नं. ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसेकी युवतीले शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेकी हुन् । गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो ।काभ्रेका एसपी रवीराज पौडेलले क्वारेन्टिनमा बसेकै समयमा आत्महत्या गरेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने जानकारी दिए ।

एसपी पौडेलले घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटना स्थल पुगिसकेको र पोष्मार्टमका लागि शवलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको बताए । उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको बताउँदै आक्रमण गरेका छन् ।

आक्रोशित भिडले स्वास्थ्य कार्यालयको झ्याल ढोका तोडफोड गर्नुका साथै भण्डारण गरी राखेको औषधि फालिदिएका छन् । एसपी पौडेलका अनुसार सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिने काम भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्