Logo

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिराहाको लहानमा ‘लकडाउन’

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिराहाको लहान नगरपालिकाले पनि शुक्रबार राति १२ बजेदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालका अनुसार शुक्रबार राति १२ बजेदेखि आगामी साउन ३२ गतेसम्मका लागि नगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबैकाम बन्द गर्ने निर्णय भएको हो ।

यो अवधीमा अति आवश्यक पसल खोल्ने समय निर्धारण गरिएको छ । बिहान ८ देखि ११ बजेसम्म आवश्यक पसल खोल्ने र अन्य पसलहरु बन्द गर्ने निर्णय भएको भुसालले बताए नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अति आवश्यकबाहेकका सवारी साधन चल्न नदिइने, सबै किसिमका हाट बजार बन्द गर्ने, चिया पसलदेखि कोरोना रोकथामसँग सम्बन्धित काम भएकाबाहेकका सबै होटल र रेष्टुरेन्टसमेत बन्द गर्ने निर्णय भएको उनले बताए ।

पछिल्लो पटक लाहान नगरपालिकाभित्र २६ जना कोरोना संक्रमित पाइएपछि यसको रोकथामका लागि लकडाउन लगाउने निर्णय भएको उनले बताए ।
यसअघि सिरहाको मिर्चैया नगरपालिकाले पनि साउन ३२ गतेसम्मका लागि आफ्नो क्षेत्रमा लकडाउन लगाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्