Logo

काठमाडौँको भाटभटेनी सुपर मार्केटका कर्मचारीमा कोरोना पुष्टि

काठमाडौंमा कोरोना महामारी बढीरहेका बेला भाटभटेनी सुपर मार्केटका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।भाटभटेनी सुपर मार्केटले कोरोना लागेका कर्मचारी कुन शाखाका हुन् भन्ने खुलाएको छैन ।

संक्रमित कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको बताइएको छ ।कोरोना संक्रमित भएका ति कर्मचारीको कन्ट्याक ट्रेसिङका आधारमा अन्यको स्वास्थ्य परिक्षण सुरु गरिएको छ ।

यसअघि काठमाडौँमा उच्च संख्यामा प्रहरी तथा ब्यबसायीहरुमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।यसअघि हिजो मात्रै काठमाडौँमा १ सय ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्