Logo

अन्तत : अमिताभको सिंगो परिवारले नै जित्नो कोरोना

अन्तत वच्चन परिवारले कोरोनालाई जित्न सफल भएको छ । भारतमा दैनिक रुपमा १ हजारको हाराहारीमा कोरोना संक्रमितहरुले प्राण त्यागिरहेका बेला वच्चन परिवारले १ महिना लगाएर कोरोनालाई परास्त गर्न सफल भएको छ । वच्चन परिवारका अभिषेक वच्चन, अभिषेक, ऐश्वर्या र आरध्या गरेर ४ जनालाई नै पालै पालो गरेर भएको थियो ।

असार २७ गते आफ्ना पिता अमिताभ बच्चनसँगै मुम्बईस्थित ननावती अस्पतालमा भर्ना भएका अभिषेक र अमिताभको उपचार सुरु गरेको केही दिनमा होम आइसोलनबाट ऐश्वर्या र आरध्यालाई पनि अस्पताल नै भर्ना गरेर उपचार सुरु गरियो । अस्पताल भर्ना गरेको हप्ता दिनमा नै ऐश्वर्या र आरध्याले कोरोनालाई जितेर घर फर्किदा अिमताभले करिब ३ हप्ता समय अस्पतालमा बिताए भने अभिषेकले करिब १ महिना समय लगाएर कोरोनालाई जित्न सफल भएका छन् ।

ऐश्वर्या र आराध्या श्रावण १२ गते अस्पतालबाट डिस्चार्ज भएका थिए भने अमिताभ बच्चन श्रावण १८ गते अस्पतालबाट डिस्चार्ज भएका हुन् । योसँगै बच्चन परिवारले कोरोना जितेको छ ।

संक्रमित चारै जनाको रिपोर्ट निगेटिभ आएपछि अमिताभको ८० वर्षका मानिसले पनि धैर्य गरेर अनुशासनलाई पालना गरे कोरोनालाई जित्न सक्दा रहेछन् भन्ने उदाहरण समेत प्रस्तुत गरेका छन् । त्यस्तै ८ वर्षकी आरध्याले सबैभन्दा छोटो समयमा कोरोनालाई जित्न सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्