Logo

महिलालाई एसिड हान्दा सारा देश बोल्छ, तर पुरुषलाई एसिड हान्दा कोही बोलेनन्….(भिडियो सहित)

आफ्नै श्रीमतीबाट ए सिड आक्र मणमा परेका राजाराम थापा बिदुर नगरपालिका वडा नं १३ नुवाकोट निवासी हुन् । बर्ष २६ का राजाराम थापा माथि आफ्नै श्रीमतीबाट केही महिना अगाडी ए सिड आ क्रमण भएको थियो।

 

उनी अहिले काठमाडौंको टिचिङ अस्पतालमा उपचारत छन् । यातायात मजदुरको रूपमा काम गर्दै जिविकोपार्जन गरेर बसेका राजारामलाई श्रीमतीसँग भएको सानो मनमुटावले उनको हुलिया नै बदलिन पुग्यो ।

घरमै सुतिरहेको अवस्थामा श्रीमतीले ए सिड हाल्दा उनको अनुहार अहिले चिन्न नै नसकिने भएको छ । एउटा बच्चाको बाबू अनि सामान्य परिवारका राजारामको आर्थिक अबस्था अत्यन्तै कमजोर छ । ३ पटक अप्रेसन भएर पनि अझै ठिक भएको छैन।

 

ए सिड आ क्रमणबाट पीडित महिलालाई सरकार लगायत अन्य संघ संस्थाले उपचारमा सहयोग गरिरहँदा उनी आफूलाई कसैले सहयोग नगरेको गुनासो गर्दछन् । थप जानकारीको लागि यो लिंकबाट भिडियो हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्