Logo

दुखद खबर : पोखरामा कोरोनाबाट १ पुरुषको मृत्यु !

पोखरामा पहिलो पटक कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । गत शनिबार कोरोना संक्रमण पुष्टि भएका ति पुरुषको गए राति अन्दाजी ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले पुष्टि गरे ।

उनका अनुसार मृतक पुरुष मधुमेहका दीर्घ रोगी समेत थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्