Logo

दुखद खबर : भर्खरै १ महिला को मृत्यु कोरोना परीक्षण हुन बाकि !

श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ । थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ घर भएकी ३८ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो ।
डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले भने, ‘अहिले शव सेती प्रादेशिक अस्पतालको लास घरमा राखिएको छ ।’मृतक महिलाको कोरोना परीक्षणको तयारी भइरहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्