Logo

सोलुको चोकर्मा हिमताल फुट्यो पानीको बहाव बढ्यो ह्वात्तै !

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित चोकर्मा हिमताल फुटेको छ । गत शुक्रबार ताल फुटेपछि सोलु खोलामा पानीको बहाव बढेको नगर प्रमुख नाम्गेल जाम्बु शेर्पाले जानकारी दिए ।

तालको पानीले रिङ्मु, बेनी, व्यासी लगायतका वस्ती जोखिममा रहेको शेर्पा बताउँछन् । सल्लेरीबाट करिब ३० कोश उत्तरपूर्वमा रहेको चोकर्मा क्षेत्रमा हेलिकप्टरमार्फत जाने प्रयास भइरहेको उनले जानकारी दिए ।

सोलुदुधकुण्ड–१ का वडाध्यक्ष, छोङ्बा लामा शेर्पाका अनुसार चौंरी चराउन जानेहरूले ताल फुटेको देखेका थिए । उनी भन्छन्, ‘ताल आधा मात्रै फुटेकाले जोखिम कम छ, तर हामीले स्थानीयले सतर्क गराइसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्