Logo

कञ्चनपुरमा घर भित्र एक २६ वर्षीया महिला मृत भेटिएकी छन्।

बेलडाडी गाउँपालिका वडा नम्वर २ की अन्दाजी २६ वर्षीया दुरा धामी आइतबार विहान मृत भेटिएकी हुन्। गएराति घरमा झगडा र कुटपिट भएको भन्ने खबर प्रहरीमा पुगेको थियो।

विहान प्रहरीको टोली पुग्दा ती महिला मृत फेला परेकी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। थप अनुसन्धानका लागि श्रीमानसहित परिवारका सदस्यहरुसँग सोधपुछ भइरहेको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्