Logo

खुसीको खबर : न्युजिल्याण्ड बन्यो कोरोना मुक्त देश

आइतबार न्युजिल्याण्ड कोरोनाभाइरसको संक्रमणमुक्त भएको एक सय दिन पुगेको छ । यस दौरान कुनै पनि नयाँ कोरोना संक्रमित फेला परेका छैनन् । न्युजिल्याण्डको जनसंख्या मात्र पचास लाख रहेको छ । त्यहाँ धेरैका लागि जनजीवन सामान्य बनिसकेको छ । यहाँ मानिसहरु खचाखच भरिएको स्टेडियमा बसेर रग्बी खेल हेरिरहेका छन् । बिना कुनै डर बार र रेस्टुरेन्ट गइरहेका छन् । साथै मानिसहरु अझै पनि चिन्तित छन् किनभने यो आत्मसन्तुष्टिले भविष्यका लागि पर्याप्त तयारी नुहन सक्छ ।

गत मार्चको अन्तिममा न्युजिल्याण्डमा कडा लकडाउन लागू गरिएको थियो । त्यतिबेला देशमा मात्र १ सय जना कोरोना संक्रमित थिए । सख्त लकडाउनका कारण संक्रमण ब्यापकरुपमा फैलिन पाएन । पछिल्लो तीन महिनामा बाहिरबाट आएकाहरुमा पोजेटिभ पाइएका थिए । बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिएको कारण उनीहरुले पनि संक्रमण फैलाउन पाएनन् ।

न्युजिल्याण्डमा हालसम्म १५ सय संक्रमित फेला परेका छन् भने मात्र २२ जनाले ज्यान गुमाएका छन् । यसका लागि प्रधानमन्त्री जेसिन्डा अर्डनको विश्वभर प्रशंसा भइरहेको छ । यता, अर्थव्यवस्थालाई पनि उनले सम्हाल्न सफल भएकी छिन् । न्युजिल्याण्डमा बेरोजगारी दर मात्र ४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्