Logo

भारतले सच्यायो अभिव्यक्ति : गौतम बुद्ध नेपालमै जन्मेको हुन् यसमा कुनै शंका छैन !

भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारेमन्त्री स  जयशंकरएको विवादास्पद अभिव्यक्ति सच्याएको छ। जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए । प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्