Logo

भर्खरै चितवनमा महिलाले जन्माइन् पाँच किलोको बच्चा !

चितवन मेडिकल कलेज भरतपुरमा एक महिलाले पाँच किलो ग्रामको बच्चा जन्माएकी छिन् । मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षकी सीता लोप्चनले सोमबार विहान छोरी जन्माएकी हुन् । आमामा उच्च रक्तचाप देखिएको र बच्चा ठूलो भएकाले अप्रेसन गर्न नसक्ने भन्दै हेटौडा अस्पतालबाट आइतबार रिफर भएकी महिलाको अप्रेशन गरेर बच्चा निकालिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

डा. बन्दना खनाल, डा. प्रेक्षा सिंह, डा. वसन्त आचार्य डा. इन्द्रनारायण श्रेष्ठ, डा. रेनुका ताम्राकारसहितको टोलीले अप्रेशन गरेको थियो । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ । आमा सीता लोप्चनको तौल ११२ केजी रहेको हुनाले पनि अप्रेसन जटिल थियो । चिकित्सकका अनुसार समान्यतया बच्चाको तौला २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्