Logo

आज थप ३ सय ३८ जानामा कोरोना पुष्टी, संक्रमित संख्या ह्वात्तै बढ्यो !

नेपालमा सोमबार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

योसँगै नेपालमा अहिलेसम्म १६ हजार ४५३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ पिसिआर परिक्षण गरिएको हो ।

जसमध्ये नेपालमा ७२ प्रतिशत बिरामी निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लाइभ अपडेटमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्