Logo

दुखद खबर : किस्ट अस्पतालमा फेरी कोरोना संक्रमण को मृत्यु !

ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रे पाँचखालकी एक महिला निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन् ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो । आईसीयूमा उपचाररत हुँदा सोमबार उनको मृत्यु भएको पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्