Logo

गोंगबुमा सुटकेशमा भेटिएको शव रोल्पाको कृष्ण बहादुरको भएको खुल्यो (भिडियो)

गोंगबुमा आइतबार भेटिएको शव रोल्पाको कृष्ण बहादुर बोहोराको भएको खुलेको छ । उनको हत्या भएको घर समेत प्रहरीले पत्ता लगाएको छ। टोखा नगरपालिका १० स्थित नवज्योती मार्ग घर नं. २८ भएका झापाका किरण बस्नेतको घरको तेस्रो तलामा घटना भएको आशंकामा प्रहरीले घरमा छापा मरेको छ । बार बिहान गोंगबुको गणेशस्थाननजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो ।

यस्तै टाउको र खुट्टा कुकुरको सहायताले ५ सय मिटर टाढा प्लाष्टिकमा राखेर जेब्रामा हालेर फालेको अवस्थामा भेटिएको थियो । सडकमा फालिएको बिफ्रकेश पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आईतबार भेटिएको शव सोमबार रोल्पाको बोहोराको भएको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्